Sunday, February 1, 2026

दुई वटा पेस्तोलसहित तीन जना काठमाडौं प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–४ बाफलबाट लुकाइछिपाई राखेको अवस्थामा उकत हतियारसहित तिन जनालाई मानिसलाई पक्राउ गरेको छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन भन्ने अश्विन राई रहेका छन् ।प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका बरामद भएको प्रहरीले बताउँछन् ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles