Thursday, February 26, 2026

धनुषामा ट्राफिक सुधारको निर्णायक नेतृत्व सूर्यबहादुर शाही ‘महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’:-

ताजा / भरखरै प्राप्त

जनकपुरधाम, १६ पुस

जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाईल, धनुषाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाही उत्कृष्ट कार्यसम्पादन, परिणाममुखी नेतृत्व र अटल कर्तव्यनिष्ठाका कारण मंसिर महिनाको “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” अवार्डबाट सम्मानित हुनुभएको छ।

प्रहरी निरीक्षक शाहीले जिम्मेवारी सम्हालेपछि धनुषा जिल्लाको ट्राफिक व्यवस्थापनमा अभूतपूर्व सुधार देखिएको छ। उहाँको सक्रियता, कडाइ र नविन सोचका कारण आज धनुषाका सडकहरूमा सुरक्षित सवारी आवागमन सुनिश्चित हुनुका साथै स्थानीयवासीहरू अत्यन्त सन्तुष्ट र खुसी देखिएका छन्।

जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले उहाँकै पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा एलईडी डिस्प्ले बोर्ड जडान, ४३ थान सिसिटिभी क्यामेरा स्थापना, साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ‘दुई मिनेट ट्राफिक सचेतना कार्यक्रम’ व्यापक रूपमा सञ्चालन गरिएको छ। यस कार्यक्रममार्फत विद्यार्थी, अभिभावक, चालक–सहचालक, ई–रिक्सा व्यवसायी तथा सडक प्रयोगकर्ताहरूलाई व्यवहारिक ट्राफिक शिक्षा दिइएको छ।

त्यसैगरी, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा कानुनी कारबाही, दुर्घटनाको उच्च जोखिम रहेका कालो बिन्दु पहिचान गरी रिफ्लेक्टिभ बोर्ड, टेप तथा सूचनामूलक ट्राफिक संकेत जडान, साथै विभिन्न अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थापन प्रभावकारी ढंगले सञ्चालन गर्दै उहाँले ट्राफिक प्रहरीको छवि थप सबल बनाउनु भएको छ।

धार्मिक तथा पर्यटकीय केन्द्र जनकपुरधाममा आयोजना हुने विविध मेला–पर्व तथा श्री सीताराम विवाह पञ्चमी महामहोत्सव जस्ता ठूला कार्यक्रममा सुव्यवस्थित ट्राफिक व्यवस्थापन गरी प्रहरी निरीक्षक शाहीले आफ्नो उच्च व्यवस्थापकीय क्षमता र कार्यकुशलता प्रमाणित गर्नुभएको छ।

साथै, धनुषाधाम नगरपालिका–७ धारापानीमा ट्राफिक प्रहरीका लागि शून्य दशमलव बाह्र तीन शून्य जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुर्‍याउनु उहाँको अर्को महत्वपूर्ण उपलब्धि हो।

अहिले सडकमा ट्राफिक प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुन्छ, स्थानीयहरूको प्रतिक्रिया छ।

स्थानीयवासीहरूका अनुसार प्रहरी निरीक्षक शाही आएपछि धनुषामा सवारी यात्रा सुरक्षित मात्र होइन, सहज र अनुशासित पनि बनेको छ।

अहिले सडकमा ट्राफिक प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुन्छ, स्थानीयहरूको प्रतिक्रिया छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles