Monday, January 5, 2026

डीआईजी राना सुदूरपश्चिमलाई लागु औषधमुक्त बनाउने तयारी:-

ताजा / भरखरै प्राप्त

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाबीच भेटवार्ता भएको बताइएको छ । आज शनिबार उनीहरुबीच प्रदेशमा बढ्दो लागु औषध सेवन, ओसारपसार तथा यसको दीर्घकालीन नियन्त्रणका उपायहरूबारेमा गम्भीर छलफल भएको जनाइएको छ ।
भेटघाटका क्रममा मन्त्री थापाले लागु औषध दुरुपयोगले समाज, विशेषगरी युवा पुस्तामा पारेको नकारात्मक असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको प्रस्ट पारेको छन् ।

डीआईजी रानाले प्रदेश प्रहरीद्वारा सञ्चालन भइरहेका लागु औषध नियन्त्रण अभियान, निगरानी कडा बनाउने कार्य, सीमावर्ती क्षेत्रको चेकजाँच तथा अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि सरकार, प्रहरी, स्थानीय तह र समुदायबीच समन्वय अपरिहार्य रहेको धारणा राखेको छन् ।
डीआईजी रानाले लागु औषध नियन्त्रणका लागि दीर्घकालीन योजना अघि सारेका छन । जस अनुसार उनले केही दिनमा सरोकारवाला निकायसँग सामूहिक छलफल गर्ने तयारी गरेका छन् ।
उनले केही दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि भेटेर आफ्नो योजना सुनाएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles