Monday, January 5, 2026

प्रहरी सहायक हवलदारदेखि प्रहरी बरिस्ठ निरीक्षकसम्म लागु हुने:-

ताजा / भरखरै प्राप्त

जनशक्ति व्यवस्थापनमा प्रहरी प्रमुख (आईजीपी) दान कार्कीको ‘बोल्ड’ निर्णय भएको छ, अब पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह लगाउने जनशक्ति परिचालन तथा व्यवस्थापनमा प्रहरी नेतृत्वले एउटा ‘बोल्ड’ निर्णय गरेको छ।

जसअनुसार बढुवा भएर पदस्थापन भएका प्रहरी कर्मचारीले पदस्थापन भएको कार्यालयमै गएपछि मात्र दर्ज्यानी चिन्ह पाउने भएका छन्। शुक्रबार प्रहरी नेतृत्वले यस्तो निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस्तो नियम प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म लागु हुने गरेको छ । बढुवा भएकपछि पनि साविककै कार्यलयमा लामो समयसम्म बसेर पदस्थापन भएको कार्यालयमा नजाने प्रवृत्ति रोक्न यस्तो निर्णय भएको हो । प्रहरी प्रधान कार्यालयले शुक्रबार देशैभरीका कार्यालयलाई यससम्बन्धि परिपत्र गरेको छ।

खासगरी आकर्षक कार्यालयमा बस्दै आएका कतिपय प्रहरीहरु बढुवापछि पनि सोही कार्यालयमा बस्ने गरेका छन् । जसकारण कतै प्रहरी जनशक्ति धेरै त कतै थोरै हुने गरेको छ । सो समस्या समाधानका लागि प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नीतिगत निर्णय नै गराएर यसमा सुधार गर्नुभएको छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles