

जिल्ला रौतहट, नेकपा एमाले पार्टी रौतहटको क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको एकल नाम सिफारिस गरिएको बताइएको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय समिति रौतहट क्षेत्र नं. १ का संयोजक जमिल अख्तर मन्सुरीको अध्यक्षतामा आज क्षेत्रीय समिति बैठकले गुप्ताको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
नेकपा एमाले बाट अजय गुप्तालाई उम्मेदवार बनाउने सिफारिस भएको छ” भने राैतहट क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा लाई उम्मेदवार बनाउने सिफारिस भएको जनाइएको छ ।
दुबै जनालाई दुबै क्षेत्रबाट एकल -एकल नाम सर्वसहमत बाट सिफारिस भएको हो ।
फाल्गुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेला तथा क्षेत्र नम्बर ३ काे क्षेत्रीय भेला ले पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ता र कुशवहा को एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जनाइएको छ ।


