सशस्त्र प्रहरी बल नेपालको निगरानीबीच भारतमा चाइनिज लसुन भारतिय एसएसबी बलद्वारा भारतमा बरामद भएको छ ।
पश्चिम नवलपरासीको बलिनगर नाका पछिल्ला केही महिना यता खुलेआम तस्करीको अखडा बनेको तथ्य एकपछि अर्को घटनाले पुष्टि गरिरहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा रहेको यही नाकाबाट तस्करी भएर भारत प्रवेश गरेका चाइनिज लसुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले संयुक्त कारबाहीका क्रममा कानमिस्वा क्षेत्रमा ठूलो परिमाणमा बरामद गरेका छन् । बलिनगर नाकामै सशस्त्र प्रहरी बल (एपीएफ) को बीओपी.स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमान्डमा नियमित गस्ती र निगरानीका लागि टोली खटिएको दाबी गरिँदै आएको छ । तर यति हुँदाहुँदै पनि यही यो, नाकाबाट एकपछि अर्को खेप तस्करी भएर भारत प्रवेश गर्नुले सुरक्षा संयन्त्रको भूमिका, नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
चाइनिज लसुन कसरी पुग्यो भारत ?
चाइनिज लसुन तस्करी प्रकरण बलिनगर नाकाको वास्तविकता, बलिनगर नाकामा तस्करी रोक्ने कि मौन बसेर समर्थन गर्ने ।


