Thursday, February 26, 2026

भद्रपुर एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना, ७ जना घाइते:-

ताजा / भरखरै प्राप्त

झापाको भद्रपुर एयरपोर्टमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा परेको छ।
मिति २०८२ साल ०९ महिना १८ गते राति करिब २१:१० बजे काठमाण्डौबाट भद्रपुर (चन्द्रगढी) का लागि उडेको बुद्ध एयरको फ्लाइट नं. ९०१ अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिँदै पूर्वतर्फ करिब ३०० मिटर बाहिर (ओभर रन) गई भासिँदा विमान क्षतिग्रस्त भएको हो।
उक्त विमानमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए। दुर्घटनापछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल विमानबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली तत्काल परिचालन गरिएको थियो।
घाइतेको विवरण
दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन्” भने उनीहरूमध्ये १ जना उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् भने ६ जना ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचाररत छन् ।
उपचाररत घाइतेमध्ये १ जना को–पाइलट रहेका छन्।
घाइतेहरूको नामावली यस प्रकार छः
सबिन जोगी (४०) – छाती, कम्मर र ढाड दुखेको, बाहिरी चोट नदेखिएको (यात्रु)
प्रेसिषा अधिकारी (२०) – बायाँ खुट्टा सुन्निएको, बाहिरी चोट नदेखिएको (यात्रु)
सुमित्रा जोगी (४२) – बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको (यात्रु)
कमल प्रसाद कटुवाल (२८) – दाहिने खुट्टामा सामान्य चोट, उपचारपछि डिस्चार्ज (यात्रु)
मुना घतानी (४०) – टाउको दुख्ने र चक्कर लागेको, बाहिरी चोट नभएको (यात्रु)
प्रिया घतानी (१६) – दाहिने घुँडामा चोट (यात्रु)
सुशान्त श्रेष्ठ (२४) – अनुहार र टाउकोमा चोट (को–पाइलट)
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान कार्य भइरहेको छ। विमान काठमाण्डौबाट राति ८:२३ बजे चन्द्रगढीका लागि उडेको थियो।

भद्रपुर विमानस्थलमा हिजो शुक्रवार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु सामान्य घाइते भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles