Sunday, May 31, 2026

सशस्त्र प्रहरी बल पर्साद्वारा १०,०००, गोटा कुखुराको चल्ला नष्ट:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साले १०,००० गोटा ब्रोईलर कुखुराको चल्ला पक्राउ गरि नष्ट गरीएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका – ५ मसियानीबाट भारत तर्फबाट अबैध रुपमा चोरी पैठारी गरी ९ जना व्यक्तिहरुले टाउँकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ५,००,०००, बराबरको १०,०००, गोटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी नेपाल प्रहरी, स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वाटर पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योन्जन जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles