सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त रहेको छ, रिक्त पदमा बढुवाका लगि १४ एसएसपीबीच प्रतिस्पर्धामा रहेको छन् ।
डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले डीआइजीको पाँच वर्षे पदावधिका कारण बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त भएको जनाइएको छ ।
यसअघि थप गरिएका तीन पदमा पनि बढुवा गरिएको छैन ।
६ मध्ये एक पद कानून निर्देशनालयतर्फ र बाँकी ५ वटा प्रशासनतर्फ रहेको छन् । कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदार रहेको बताइन्छ ।
प्रशासनतर्फ मात्र १३ जना एसएसपीबिच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ। जसमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण डुंगाना र शंकर खनाल छन् ।उनीहरुमध्ये पहिलो नम्बरमा रहेका कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएको र कार्यसम्पादन पनि कमजोर रहेकाले उनको सम्भावना न्यून छ । बाँकी १२ जना सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन्।यो ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआइजी भइसकेका छन् । यसपटक चुनावी सरकार भएकाले कार्यसम्पादनको निष्पक्षता हेरेर बढुवा हुने सम्भावना रहेको स्रोतले जनाको छ ।
केही सशस्त्रका एसएसपीहरु भने बढुवाको दौडधुपमा लागि परेको छन् ।


