
प्रहरी–प्रशासनकै संरक्षणमा कपडा,चिनी,भैंसीदेखि किराना सामानसम्म नेपाल भित्रिँदै छ । सर्लाहीको जिल्लाका सीमावर्ती क्षेत्रहरू इलाका प्रहरी हिरापुर,बाट ठूलो मात्रामा तस्करी भइरहेको गम्भीर आरोप स्थानीय बासिन्दा, व्यापारी तथा सामाजिक अभियन्ताहरूले लगाएका छन् । भारतबाट अवैध रूपमा भैंसी, चिनी, तेल, किराना, कबाड, तथा कपडालगायतका सामान नेपाल भित्र्याइँदा पनि सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो रहेको छ। स्थानीय स्रोतका अनुसार तस्करी भएका सामानहरू सीमावर्ती क्षेत्रबाट सिधै भारावा बजारसम्म पु¥याइने गरेको छ। यसरी दैनिक रूपमा भइरहेको तस्करीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ, भने अवैध व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
स्थानीयवासीका अनुसार सर्लाही जिल्लाको हिरापुर नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्रजस्तै बनेको छ ।
भारतबाट ल्याइने भैंसीहरू हिरापुरस्थित नेपाल प्रहरी चौकी अगाडिको बाटो हुँदै नेपाल भित्रिने गरेको आरोप छ। भैंसीसँगै चिनी, खानेतेल र अन्य किराना सामग्रीहरू पनि ठूलो परिमाणमा नेपाल प्रवेश गरिरहेको बताइन्छ। स्थानीय स्रोतहरूले हिरापुरस्थित नेपाल प्रहरी चौकीमा कार्यरत सई. टोजेन्द्र बुद्धा क्षेत्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनी तस्करी नियन्त्रणमा सक्रिय हुनुको सट्टा तस्करहरूलाई सहजीकरण गरिरहेको आरोप लाग्दै आएको छ। यद्यपि यस सम्बन्धमा सई. टोजेन्द्रको नम्बर ९८४८०५४०१०, मा सम्पर्क गर्दा प्रत्यक्ष प्रतिक्रिया प्राप्त हुन सकेको छैन। हिरापुरसँगै ठाँट गाउँ र छताैना, बलरा, मधुबनि, लगायतका नाका पनि तस्करीका लागि प्रयोग हुँदै आएको स्थानीयको दाबी रहेको छ। यी नाकाहरू खुला सीमासँग जोडिएका हुँदा निगरानी कमजोर रहेको र त्यसको फाइदा उठाउँदै तस्कर समूहहरू सक्रिय रहेको बताइन्छ।
स्थानीय एक व्यवसायी भन्छन्,“हामी कानुनी रूपमा सामान आयात गर्छौं, भन्सार तिर्छौं। तर यताबाट आउने अवैध सामान सस्तो पर्छ, भने, यसले हाम्रो व्यापार धराशायी बनाएको छ।”
सर्लाही जिल्लाको अर्को संवेदनशील क्षेत्र बरहथवा र पर्सा नाकाबाट हुँदै पनि तस्करी निर्बाध रूपमा चलिरहेको आरोप छ। स्थानीय स्रोतका अनुसार यस नाकाबाट भारतीय नागरिक साह, मंडल, सिंह, जयसवाल, मियाँ,यादवलाई तस्करीको ‘लाइन’ दिइएको बताइन्छ ।
उनको बरहथवा बजारमा पसलसमेत रहेको र सोही माध्यमबाट अवैध सामानको वितरण हुने गरेको दाबी गरिएको छ।
स्थानीयहरूको भनाइ अनुसार सई. टोजेन्द्र बुडा थोकी र घुमुवा रामजीले भरतहवा इलाका प्रहरीका डिएसपी निरंजन भट्टराई सँग मिलेमतो गरेर तस्करी गरिरहेको आरोप छ। पहिले कपडा तथा सुक्खा सामानको काम गर्दै आएका जयसवालले पछिल्लो समय ठूलो मात्रामा किराना सामानको तस्करीमा संलग्न रहेको बताइन्छ।यस विषयमा सई,टोजेन्द्र बुडा क्षेत्रीको पनि आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। तर स्थानीय स्तरमा भने उनको भूमिकामाथि प्रश्न उठिरहेका छन्।
तस्करी भएर भित्रिएका सामानहरूको मुख्य बजार बरहतवा बन्न पुगेको छ। हिरापुर नाकाबाट, लगायत नाकाबाट भित्रिएका सामानहरू सिधै सिन्धुली पु¥याइने गरेको स्रोतहरूको दाबी रहेको छ। यसले सर्लाहीको हिरापुर क्षेत्रलाई तस्करीको ‘हब’ जस्तो बनाएको स्थानीयको गुनासो रहेको छ।तस्करीको आरोप केवल नेपाल प्रहरीसम्म सीमित छैन। सशस्त्रका बिओपी छतैनालगायतका एक कारोबारी यादवले सशस्त्र प्रहरी बल (एपीएफ)को बीओपी मधुबनिको संरक्षण र इलाका प्रहरी,बलरा, बिओपी, मधुमनिको,सेटिङमा यो नाकाबाट ठूलो मात्रामा कपडाको तस्करी गरिरहेको आरोपसमेत लागेको छ।
स्थानीय स्रोतका अनुसार सशस्त्र प्रहरीको चेकपोस्ट नजिकैबाटै कपडाका बोराहरू नेपाल प्रवेश गर्ने गरेका छन् ।
यस विषयमा एपीएफ हरुको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
यसरी भइरहेको तस्करीका कारण राज्यले दैनिक रूपमा लाखौं रुपैयाँ बराबरको राजस्व गुमाइरहेको अनुमान स्थानीय अर्थविद्हरूले गरेका छन् ।
अवैध रूपमा आयात गरिने सामानमा भन्सार, कर र अन्य शुल्क लाग्ने हुँदा अवैध सामान सस्तो पर्न जान्छ, जसले वैध व्यापारीहरू प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्थामा पुगेका छन्।
स्थानीयको सबैभन्दा ठूलो प्रश्न यही छ—यति खुला रूपमा तस्करी भइरहँदा पनि किन नियन्त्रण हुन सकेको छैन?
स्थानीय सामाजिक अभियन्ताहरू भन्छन्, “जब निगरानी गर्ने निकाय नै आरोपको घेरामा पर्छ, तब तस्करी नियन्त्रण केवल कागजमै सीमित हुन्छ।”यस समाचारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग प्रतिक्रिया लिन प्रयास गरिएको थियो ।
तर समाचार प्रकाशन समयसम्म स्पष्ट जवाफ प्राप्त हुन सकेन।
सर्लाही जिल्लाका सीमावर्ती नाकाहरूबाट भइरहेको तस्करी केवल कानुन उल्लंघनको विषय मात्र होइन, यो राजस्व, राष्ट्रिय सुरक्षा र स्थानीय अर्थतन्त्रसँग जोडिएको गम्भीर समस्या हो। आरोप सही भए निष्पक्ष छानबिन आवश्यक छ; गलत भए सम्बन्धित निकायले प्रमाणसहित स्पष्टता दिनु जरुरी देखिन्छ।
स्थानीयवासीहरू अब केन्द्र र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षणको अपेक्षामा छन्—ताकि सीमामा हुने अवैध कारोबार रोकिन सकोस् ।हिरापुर क्षेत्रबाट भारतीय नागरिक यादव , मियाँ , जयसवाल,साहलाई तस्करीको लाइन दिइएको छ । माेटरसाइकलमा सामान लिएर तस्करी गर्ने उनकै नातेदार हुन । उक्त सामान बरहथवाकाे पसलमा लगेर गाेदाम गरि पछि अन्यत्र लैजाने काम हुदै आएको स्थानीयले बताउँछन् ।


