Sunday, February 1, 2026

निर्वाचनका लागि २८५२ म्यादी तथा निर्वाचन प्रहरी पर्सामा भर्ना सुरु:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साका (सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन निरौलाले जानकारी दिनु भएको छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपाल, को एकिकृत भर्ना प्रक्रिया सुरु गरिएको जनाइएको छ ।
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, पर्साले मिति २०८२,०९,२४ गते सूचना जारी गर्दै कुल २८५२ जना निर्वाचन प्रहरी भर्ना गर्ने जानकारी गराइएको छ ।
जारी सूचनाअनुसार “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल कार्यविधि–२०८२” बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ।
दरखास्त २०८२,०९,२५ देखि २०८२,१०,०१ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (सार्वजनिक बिदाका दिन समेत) जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा बाट फाराम लिई बुझाउन सकिनेछ।


योग्यता निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, दरखास्त दर्ताको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।
साथै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नरहेको हुनुपर्ने शर्त राखिएको छ।
शारीरिक मापदण्डतर्फ पुरुषका लागि न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी तथा महिलाका लागि न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने उल्लेख छ।
छनौट र तालिम सम्पर्क मिति २०८२।१०।०४ गते बिहान ११ बजे दरखास्त दर्ता गरेका कार्यालयमै तोकिएको छ। छनौट प्रक्रिया २०८२,१०,०५ देखि २०८२,१०,०९ गतेसम्म सञ्चालन हुने र अन्तिम नतिजा २०८२,१०,१२ गते प्रकाशन गरिने छ ।
छनौट भएका उम्मेदवारको तालिम २०८२,१०,१५ देखि २०८२,१०,२४ गतेसम्म सञ्चालन हुने भएको छ।


प्राथमिकता पूर्व नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका निवृत्त सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति, तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने जनाइएको छ।


सेवा सुविधानिर्वाचन प्रहरीलाई ४० दिनका लागि प्रतिदिन रु. ८६९।४० का दरले पारिश्रमिक प्रदान गरिनेछ। साथै खाद्यान्न खर्च, एकमुष्ट तयारी खर्च, खाजा खर्च, पोशाक भत्ता लगायतका सुविधा उपलब्ध गराइनेछ। सम्पूर्ण रकम व्यक्तिगत बैंक खातामार्फत भुक्तानी गरिने सूचनामा उल्लेख छ। कर्तव्य पालनाका क्रममा घाइते वा मृत्यु भएमा नेपाल सरकारबाट तोकिएबमोजिम क्षतिपूर्ति पाइने व्यवस्था पनि गरिएको छ।
निर्वाचन प्रहरी भर्ना छनौट समितिले आवश्यकता अनुसार छनौट भएका उम्मेदवारलाई नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलतर्फ खटाउन सक्ने जनाएको छ। भर्ना सम्बन्धी अन्य विवरण कार्यविधि–२०८२ अनुसार लागू हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles