प्रतिबन्धित लागूऔषधसहित उदयपुर प्रहरीले एक जना युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले शुक्रबार दिउँसो करिब ३ः३० बजे त्रियुगा नगरपालिका–१० बोक्सेचोक नजिकबाट त्रियुगा नगरपालिका–९ रातमाटेका ‘रेम्बो’ नामले चिनिने ३२ वर्षीय जहानसिंह खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको छन् ।
नेपाल प्रहरी निरीक्षक इन्स्पेक्टर विष्णु खड्काका अनुसार खत्रीको साथबाट ४ सय ५० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको जनाएको छन् ।
बरामद लागूऔषधमा डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र ब्रुपिनोर्फिन १ सय ५० एम्पुल रहेको र साथै प्रहरीले खत्रीको साथबाट नगद ३८ हजार ६० रुपैयाँ, एक थान मोबाइल फोन, सुनजस्तो देखिने पहेँलो चन्द्रमा एक थान र सुनकैजस्तो देखिने औँठी एक थान समेत बरामद गरेको जनाएको प्रहरीले बताउँछन् ।
पक्राउ परेका खत्रीलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक इन्स्पेक्टर खड्काले जानकारी दिएका छन् । घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षकले जानकारी दिएको छन् ।


