सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलवा पर्साको सक्रिय गस्तीको क्रममा ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ।
पर्सा जिल्लाको, पर्सागढी नगरपालिका–४ झावराहस्थित सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सई. लोक बहादुर कार्कीको कमाण्डमा खटिएको ५ जनाको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाबाट रेन्जर भुपाल रोकायको कमाण्डमा खटिएको ७ जनाको टोलीसहित १२ जनाको टोलीले गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको बताइएको छ ।
गस्तीका क्रममा जंगलबाट अवैध रूपमा कटान गरी जंगल छेउमा बेवारिसे अवस्थामा लुकाई–छिपाई राखिएको ५२ क्यु.फिट ६ थान काठ सालको गोलिया फेला पारिएको सशस्त्रले जनाएको छ ।
बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी पर्सले जनाएको छ।


