Sunday, February 1, 2026

लायन्स क्लब पोखरियाको सराहनीयकार्य चिसोको माैसममा कपडा प्रादान:-

ताजा / भरखरै प्राप्त

२०८२ पुस २५ गते, शुक्रबार
चिसो मौसममा राहत प्रदान गर्ने उद्देश्यले लायन्स क्लब द्वारा बीरगंजको घण्टाघरमा कपडा बैंक लाई आवश्यक कपडा हस्तान्तरण गरिएको छ। यस राहत कार्यक्रममार्फत चिसोबाट प्रभावित गरिब, असहाय तथा विपन्न समुदायलाई सहयोग पुर्‍याउने प्रयास गरिएको हो।
त्यसैगरी, बीरगञ्जस्थित गौशालामा रहेका गाईहरूलाई खाना पकाउन काठसमेत हस्तान्तरण गरिएको छ।
लायन्स क्लब सदैव मानवीय सेवामा समर्पित संस्थाका रूपमा समाजका कठिन घडीहरूमा समुदायको साथमा उभिँदै आएको छ। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक, सामाजिक तथा राहतका कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराइन्छ।
यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सामाजिक सद्भाव, सहकार्य र मानवताका लागि सबैमा अपिल गर्दछौं।
नेजामुद्दीन शमानी –
अध्यक्ष लायन्स क्लब अफ पोखरिया, पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles