२०८१ असार २८ गते सिमलतालमा दुर्घटनामा हराईरहेकाे यात्रु बसको भग्नावशेष आइतबार (पाैष २७) दुर्घटनास्थल भन्दा करिब ३०० मिटर पारिपट्टी भेटिएकाे जनाइएको छ ।



डेढ वर्षअघि चितवनको सिमलतालस्थित त्रिशुली नदीमा खसेका दुई पटा बसका केही अवशेष भेटिएका छन् ।२०८१ असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स चितवनको सिमलताल स्थित त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियाे । बसमा सवार बाराका ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जनाले पाैडिएर ज्यान जोगाएका थिए।धेरै दिनको खोजीपछि २४ जनाको मात्र शव फेला परेको थियो ।आज भेटिएको अवशेष गणपति डिलक्स बसको हुन सक्ने आशंका गरिएको जनाइएको छ ।


