Tuesday, February 3, 2026

प्रहरीद्वारा भन्सार छलिको रासायनिक मलसहित ट्रक पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको बालाजुबाट भन्सार छलिको ट्रकसहित चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर- १६ बालाजु पुल नजिकबाट ना. ६ ख. ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलेर ल्याएको ४०० बोरा युरिया मल र ६० बोरा मकैसहित ट्रक चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट जिल्लाका बृद्धाबन नगरपालिका-६ घर भएका २५ बर्षीय राज कुमार महत्तो रहेका छन् ।
गोप्य सुचनाको आधारमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरी भित्र पट्टी लुकाई छिपाई राखेको अवस्थामा युरिया मल फेला परेको प्रहरीले बताउँछन् ।
महत्तोलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको काठमाडौं प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles