Tuesday, February 3, 2026

काठमाडौंको भक्तपुरमा ट्राफिक सप्ताह २०८२ भव्य रुपमा मनाउँदै:-

ताजा / भरखरै प्राप्त

भक्तपुरमा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ भव्य रूपमा मनाइयो ।

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत दोस्रो दिन भक्तपुर जिल्लामा व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

भक्तपुर जिल्लाका सिडिओ उमेश ढकालको प्रमुख आतिथ्यमा उपत्यका ट्राफिक प्रमुख एसएसपी नमराज अधिकारी, भक्तपुरका एसपी सूर्य खड्का, ट्राफिक एसपी नरेशराज सुवेदी लगायत प्रहरी अधिकृतहरूको उपस्थितिमा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ भक्तपुरको सिद्धपोखरीबाट सुरु भएको सचेतनामूलक र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै फसिदेवल पुगेर समापन भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरूले हातहातमा ट्राफिक सचेतनासम्बन्धी ‘प्लाकार्ड’ र ब्यानरहरू बोकेका थिए । र्‍यालीमा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ’, ‘मापसे गरी सवारी साधन नचलाऔँ’, ‘लेनको पालना गरौँ’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles