मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा भने हुस्सु लागेको अवस्था छ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


