Tuesday, January 20, 2026

सराहनीय कार्य गुडविल सोसाइटीद्वारा ३० विपन्नलाई कम्बल वितरण:-

ताजा / भरखरै प्राप्त

होप अलाइभ च्यारिटी फाउन्डेसन र गुडविल सोसाइटीको संयुक्त पहलमा वीरगञ्ज महानगरपालिकाको सहकार्यमा ३० जना विपन्न तथा मजदुर वर्गका परिवारलाई कम्बल वितरण गरिएको छ।

संस्थाले यसअघि पनि विभिन्न समयमा आवश्यकता अनुसार गरिब तथा असहाय व्यक्तिहरूलाई चामल, दाल, तेल, साबुन, स्कुल ब्यागलगायतका सामग्री वितरण गर्दै आएको छ। सामाजिक कार्यमा सक्रिय रहँदै समाजका समस्याहरू समाधान गर्न पहल गर्दै आएको यस संस्थाले जानकारी दिएको छ।

होप अलाइभ च्यारिटी फाउन्डेसनका डाक्टर जुनैदले न्युज आजतक दैनिकसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य केवल सामग्री वितरण मात्रै नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। आवश्यकता अनुसार हामी निरन्तर सहयोग र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छौं।”

संस्थाले भविष्यमा पनि यस्तै पहललाई निरन्तरता दिँदै समाजका अन्य आवश्यक वर्गसम्म सहयोग पु¥याउने योजना रहेको बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles