Tuesday, January 20, 2026

प्रहरीद्वारा अबैध हुण्डीको दस लाख भन्दा बडी रकमसहित यादव पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिराहा प्रहरीले अबैध हुण्डी कारोबारगर्ने देवनाथ यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएका छन् ।
सीमा क्षेत्रमा बारम्बार पक्राउ परिरहेका ठूलो परिमाणका स्रोत नखुलेका नगद, तस्करीसँग जोडिएका घटनाहरू र सुरक्षा निकायको निरन्तर कारबाहीले यस तथ्यलाई उजागर गरिरहेको जनाइएको छ ।


खुला नेपाल–भारत सीमा, आर्थिक अभाव, बेरोजगारी र कमजोर वित्तीय सचेतनाका कारण सिराहा जिल्लाका सीमावर्ती क्षेत्रहरू हुण्डी कारोबारीका लागि सुरक्षित गन्तव्यजस्तै बन्दै गएको देखिन्छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले भगवानपुर गाउँपालिका–४ राडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा एक युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० नगद, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन पनि बरामद गरिएको जनाएको छन् ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको बुझाएको सिरहाका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles