माघ ७ बुटवल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा एक विशेष कार्यक्रमका बीच नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्सालमा सरुवा भई जान लाग्नुभएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टको बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रममा निर्देशन सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टले आफ्नो कार्यकालमा अपराध अनुसन्धान एवं न्युनिकरण, अपराध नियन्त्रण तथा रोकथाम, ट्राफिक ब्यवस्थापन, बिपद ब्यवस्थापन गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न र संगठनको गरिमा बढाउन उत्कृष्ट कार्य सम्पादन गर्ने उपस्थित सम्पूर्ण प्रहरी इकाइ प्रमुखहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएका थिए ।

साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई आगामी दिनहरुमा पनि व्यवसायिक निष्ठा, अनुशासन र उच्च मनोवलका साथ कार्यक्षेत्रमा जिम्मेवारी वहन गर्न निर्देशन समेत दिनुभएका छन् ।

सोही अवसरमा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष सिंह राठौर ज्यूले सरुवा भइ जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टलाई मायाको चिनो प्रदान गर्दै उहाँको असल, सफल एवं कुशल नेतृत्वको प्रशंसा गर्दै उहाँको आगामी नयाँ जिम्मेवारी र सुखद कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरेकोे छन् ।

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा,
नेपाल प्रहरी बिशेष सुरक्षा गण, सुनवलका गणपति प्रहरी उपरीक्षक (एसपी) डिल बहादुर मल्ल, जि.प्र.का. कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, जि.प्र.का. नवलपरासी (ब.सु.प.) का कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ, जि.प्र.का. रुपन्देहीका नि. प्रमुख प्रहरी नायव उपरीक्षक =डीएसपी) सुरज कार्की, ई.प्र.का. बुटवलका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र राना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल, जि.ट्रा.प्र.का. रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्की, यस केन्द्रका सम्पुर्ण सि.प्र.अ., जु.प्र.अ. प्रहरी हवलदार तथा प्रहरी जवान लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको जनाइएको छ ।


