Thursday, February 26, 2026

प्रहरी अतिरिक्त महानिरीक्षकद्वारा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२,१०,०८, गते, नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकाश विभाग एवं प्रशासन बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीद्वारा यस कार्यालयको अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।


सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले यस कार्यालयबाट सम्पादित बिबिध काम कारवाही एवँ गतिबिधिको बारेमा जानकारी लिनु हुँदै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रभावकारी प्रहरी परिचालन गरी निर्वाचन सम्पन्‍न गर्नु नै आजको मुख्य आवश्यकता रहेको बताएका छन् ।


प्रहरीद्वारा थप उत्कृष्ट सेवा प्रवाहका गर्दै प्रहरीले गर्नु पर्ने काम कार्वाही चुस्त-दुरुस्त हुनु पर्ने र तालुक प्रहरी कार्यालयहरुबाट प्रेषित महत्वपूर्ण परिपत्र एवँ निर्देशनहरुको अक्षरस कार्यान्वयन गर्नुपर्ने, साथै आउदै गरेको निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन सम्बन्धि सुरक्षाको लागि हामी खटिने प्रहरी क्रमचारीले परिचालन भई निर्वाचन सम्पन्न गर्न मुख्य उदेश्य हो,उपस्थित सम्पुर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देश दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles