Thursday, January 22, 2026

मकवानपुर प्रहरीद्वारा एक सय २१ किलो चरेससहित दुई जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीका अनुसार मकवानपुरको टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा. प्र. ०३ – ००१ ह १५०७ नम्बरको अटो रिक्सा लागूऔषध ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटो चेकजाँच गर्ने क्रममा १२ वटा रबरका डिब्बाभित्र लुकाइछिपाइ ल्याइएको चरेस जस्तो देखिने पदार्थ अन्दाजी १२१. किलो ४००, ग्राम बरामद गरेको मकनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिएको छन् ।

पक्राउ पर्नेमा अटो चालक मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ४ रुप्से निवासी २९ वर्षीय घनश्याम बल तामाङ र मकवानपुरकै कैलाश गाउँपालिका–५ निवासी २१ वर्षीय सानुकान्छा थिङलाई अटोसमेत नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles