Thursday, February 26, 2026

नेपाल प्रहरीका १६ प्रहरी उपरीक्षक एसपीले लगाए फुली:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जनाइएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को माघ ६ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
आफ्नो क्षमता, कार्यकुशलता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सृजनशील र परिणाममूखी भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिएको छन् ।
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशणसमेत दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles