नेपाल प्रहरीकी प्रहरी नायब निरिक्षक (सई) कुन्जाङ छोपेल शेर्पालाई सशस्त्र प्रहरी बल नेपालको विशेष कार्यक्रममा सम्मानित भएकी छिन् । सशस्त्रको २५ औं स्थापना दिवसका अवसरमा नेपाल प्रहरीमा कार्यरत रही सगरमाथाको शिखर आरोहण गरेर नेपाल प्रहरी एवं सुरक्षा निकायकै नाम राख्न सफल कुन्जाङलाई सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले IG APF Commendation सम्मान प्रदान गरेका छन् । शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं भन्ने नारा सहितको ब्यानर चुचुरोमा फहराउन सफल भएकी थिइन् ” शेर्पालाई नेपाल प्रहरीले विशेष सम्मान गर्दै एक तह बढुवा पनि गरेको नेपाल प्रहरीको स्रोतले जानकारी गराईएको छ ।


