सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले ३७ लाख भन्दा बडीका तस्करीको कपडा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल रुपन्देहीले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ०९ , बासगढी स्थित कच्ची सडक छेउको झाडीमा लुकाई छिपाई राखेको ३७ लाख २५ हजार २ सय रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु सीमा सुरक्षा गुल्म रुपन्देहीले बरामद गरेको सशस्त्रप्रहरी बल नेपाल रुपन्देहीले जनाएको छ ।


