पर्साका वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा भव्य समारोहको आयोजना गरेको जनाइएको छ ।

भारतको महावाणिज्य दूतावास परिसर बीरगंजमा आयोजित कार्यक्रममा महावाणिज्यदूत डि .एस.मीनाले राष्ट्रिय झन्डा फहराएर गर्नुभएको लगत्तै भारतका सम्माननीय राष्ट्रपतिज्यूको सन्देश वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विशेष शिक्षा विद्यालय सहित १२ विभिन्न विद्यालयका विद्यार्थीहरूले संस्कृत कार्यक्रम प्रस्तुत गरेका थिए ।
उनीहरूको मनमोहक प्रस्तुतिले दर्शकहरूलाई मोहित बनाएको जनाइएको छ । देशभक्तिको उच्च भावना सहित मनोरञ्जन प्रदान गरिएका थिए । नेपाल- भारत बीचको ऐतिहासिक सम्बन्ध, आपसी मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको जनाइएको छ ।

उक्त समारोहमा बीरगंज महानगरपालिकाका नगरप्रमुख सिंह पूर्व केन्द्रीय मन्त्री सुरेन्द्र चौधरी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र भट्ट, बीरगंज उद्योग वाणिज्य सङ्घ पर्साका प्रतिनिधि, उद्योगपति, व्यापारी, लगायतका मधेस प्रदेशको राजनीतिक नेतृत्व, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा भारतीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रमको उद्घाटन भारतीय राष्ट्रिय झण्डा फहराएर तथा राष्ट्रगानबाट सुरुवात गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत डि,एस मिनाले भारतको गणतन्त्र स्थापना, संविधानको महत्व तथा लोकतान्त्रिक मूल्यमान्यता हरूबारे चर्चा गर्नुभएका छन् ।
उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आपसी विकास र समृद्धिका लागि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभएका छन् । कार्यक्रममा भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगबारे पनि जानकारी गराइएको थियो । साथै, दुवै देशबीच जनस्तरको सम्बन्ध अझ गहिरो बनाउने उद्देश्यले यस्ता सांस्कृतिक प्रस्तुति कार्यक्रमहरू निरन्तर आयोजना गरिँदै आएको उनले जानकारी गराउनु भएका छन् ।


