Monday, January 26, 2026

मदरसा शिक्षा विधेयक,बारे महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्य समिति महोत्तरीद्वारा आयोजित मदर्सा शिक्षा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय सरोज कुमार यादव ज्यूले सम्बोधन गर्दै मदर्सा शिक्षाको महत्व, यसको व्यवस्थित विकास र राज्यस्तरबाट आवश्यक कानुनी संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले मदर्सा शिक्षा विधेयकले मुस्लिम समुदायको शैक्षिक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबै सरोकारवालाको सुझावलाई समेटेर विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रम रामगोपालपुर नगरपालिका–५ स्थित सामुदायिक भवनमा सम्पन्न भएको जनाइएको छ ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा मुस्लिम समुदायका अगुवाहरू लगायतका स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles