Monday, February 2, 2026

काठमाडौँमा सुन लुट्ने १० जना प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता सक्रिय रहँदै आएको सुनका सिक्री तथा गरगहना लुट्ने संगठित गिरोहलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालाजु र बौद्ध क्षेत्र केन्द्रित भएर रातको समयमा लुटपाट गर्दै आएको गिरोहका सिन्धुली जिल्लाका दुई जना सहित १० जना प्रहरीद्वारा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान गिरोहका मुख्य नाइके विनय तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिएपछि क्रमशः अन्य ९ जना पक्राउ परेको हो ।
प्रहरीले पक्राउ गरेका मध्ये सिन्धुली जिल्लाका आयान माझी र विशाल माझी रहेको छन्” त्यस्तै काभ्रे जिल्लाका निमा भनिने सलोन तामाङ, विनय तामाङ, राजीव भण्डारी र टाउके भनिने पेमा तामाङ, र सिन्धुपाल्चोक जिल्लाका फुर्वा तामाङ, रामेछाप जिल्लाका विशाल तामाङ, मोरङका मनिष रसाइली र खोटाङ जिल्लाका विदुर विश्वकर्मा पक्राउ परेका छन् । यो गिरोहले लुटपाटमा प्रयोग गर्दै आएका ६ वटा मोटरसाइकल पनि बरामद गरेको प्रहरीले बताउँछन् । बरामद भएका मोटसाइकलहरूमा बा ९४ प ६१४ नम्बरको कालो पल्सर, बा ६३ प ४२१ नम्बरको कालो पल्सर, बा. प्र. ०२–१०६ १८५६ नम्बरको सेतो एनएस, बा ७० प २९८० नम्बरको केटीएम आरसी, प्र ३–०२–००७ प ७८०६ नम्बरको मोटरसाइकल (प्रहरीले ब्रान्ड खुलाएको छैन) र बा ३६ प ८२३० नम्बरको पल्सर छन् ।


बरामद भएका मोटरसाइकलहरु फरक–फरक स्थानमा राखी सदस्यहरू एकान्त ठाउँमा बसेर सुनका गरगहना लगाएका महिलाको ‘रेकी’ गर्ने र मौका मिल्नेबित्तिकै लुटपाट गरी फरार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।


माघ १२ गते बिहान गोकर्णेश्वर नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक हिँडिरहेकी महिलालाई हतियार देखाएर एक तोलाको बेरुवा औँठी, सुनको मुन्द्रा र नगद १५ हजार रुपैयाँ लुटिएको थियो । सोही दिन बिहानै पानी लिएर फर्किँदै गरेकी अर्की महिलाको कानमा लगाएको सुनको मुन्द्रा लुटिएको उजुरी पनि परेको थियो । आधा घण्टाको अन्तरालमा एउटै शैलीमा भएका यी घटनाले प्रहरीलाई सक्रिय अनुसन्धानमा जुट्न बाध्य बनाएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश पटके अभियुक्त रहेको छन् । यो गिरोहका मुख्य नाइके विनय तामाङ यसअघि पनि चोरी तथा लुटपाट मुद्दामा कारागार बसेर छुटेका व्यक्ति हुन् । अन्य अभियुक्तहरूविरुद्ध पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी तथा लुटपाटका मुद्दा दर्ता भइसकेका छन् ।
अनुसन्धानका क्रममा यो समूह दिनभर ट्याक्सी चलाउने र राति १२ बजेपछि दुई मोटरसाइकलमा तीन–तीन जना सवार भई लुटपाट गर्ने र पछि ट्याक्सी वा कार प्रयोग गरी फरार हुने गरेको पाइएको छ । प्रहरीका विभिन्न युनिटमा यसै प्रकारका लुटपाटका २७ वटा उजुरी परेको जनाइएको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles