



नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौको विभिन्न मितिको पत्रले प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भई यस कार्यालय पदस्थापन भएका प्रहरी वरिष्ठ हवल्दार खडक बहादुर श्रेष्ठ, प्रहरी हवल्दार संजय कुमार सहनी, प्रहरी सहायक हवल्दार विशाल तंनामी र खडक बहादुर थनेतलाई, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुसोभन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी उपरीक्षकले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अमूल्य निर्देशन प्रदान गर्नुभएको छन् ।


