Sunday, February 1, 2026

राैतहटको सीमावर्ती क्षेत्रहरुमा सशस्त्रको मिलेमतोमा व्यापक तस्करी:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको सीमावर्ती क्षेत्रको नाकाहरुबाट राैतहट जिल्लाका सशस्त्र प्रहरी गणका प्रमुखको इसारामा सशस्त्र प्रहरी बिओपी, हरुको मिलेमतोमा व्यापक रूपमा तस्करी फस्टाएको पाइएको छ। स्थानीय स्रोतका अनुसार रामपुर, मठिया, महुलिया, बंजरहा नाकाबाट दैनिक रूपमा खुल्लमखुल्ला अवैध सामानको तस्करी भएका छन् ।

राैतहट जिल्लाको बंजाराहा औरैयास्थित सिमाप्रहरी चौकी, बिओपी, औरैय, र बिओपी,रामपुर खापको संरक्षणमा गाई भैसीको तस्करी भएको स्थानीयको गुनासो रहेको छ ।
राैतहट जिल्लामा भारत–नेपाल सीमानामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले रहेको सिमाप्रहरी चौकी, बिओपी, रामपुर खाप, र बिओपी, ओरैया,बिओपी, अहिले विवादमा परेको छ।
औरैया,नाका, रामपुर नाका, नाकाको सीमा क्षेत्रमा अवैध सामान आवतजावत, तस्करी र सुरक्षासम्बन्धी चुनौती नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर स्थानीयबासी, किसान तथा साना व्यापारीहरूले भने प्रहरी चौकी, र बिओपीका प्रहरीहरूकै गतिविधिका कारण सुरक्षाभन्दा बढी समस्या बढेको गुनासो राैतहट बासिन्दाले गरेका छन्।
साना व्यवसायी र सर्वसाधारणलाई त्रास,देखाउने र ठूलो तस्करलाई छुट दिएको स्थानीयले आरोप रहेको छ ।
स्थानीयवासीहरूका अनुसार बिओपी, औरैया, बिओपी, रामपुर, र बिओपी, सशस्त्रका बेस, मठिया, महुलीको नाकामा केही सुरक्षाकर्मीहरूले बाटोमै बसेर साइकल मोटरसाइकल लगायत सवारी साधनहरू रोक्ने, सामान्य व्यवसायी तथा उपभोक्तासँग पैसा असुल्ने, अनावश्यक झन्झट सिर्जना गर्ने जस्ता गतिविधि बढाएका छन्।
सर्वसाधारणका अनुसार “साना व्यापारीको सामान खोल्छन्, कागजपत्र झिक्छन्, नजिकैका तरकारी–फलफूल बेच्नेहरूसँग पनि पैसा माग्छन्।”
“सामान्य नागरिकलाई त पीडा, तर ठूलो तस्कर र ठूला व्यापारीलाई केही गर्दैनन्,” उनीहरूको आरोप
स्थानीयहरूले दाबी गरेका छन् , नेपालबाट भारत तर्फ लाखौँ मूल्यका समान तस्करी हुँदै आयिरहेका छन् , तर ती “सुरक्षित रूपमा पार गरिन्छ”, जबकि साना व्यापारीलाई दिनदिनै समस्या झेल्नुपरेको छ।

गाई र भैँसी तस्करी अझै नियन्त्रण हुन सकेन छैनन् , गाई र भैँसी तस्करहरु खुल्लरुपम तस्करी गर्दै आएको स्थानीयहरुको गुनासो रहेको छ ।

सीमाक्षेत्रमा गाई–बस्तु तस्करी वर्षौंदेखि चुनौतीको विषय बनेको छ। तर बंजरहा, र रामपुर स्थित सिमा प्रहरी चाैकी र सशस्त्रका बिओपी, भए पनि गाई भैसी तस्करी रोकथाममा कुनै प्रभावकारी सफलता नदेखिएको स्थानीयको टिप्पणी गरेको छन् ।

एक व्यवसायीका अनुसार:

भारतबाट“नेपालका विभिन्न स्थानबाट गाईहरू राजपुरको कुडिया हाट बजारसम्म आउँछन्, कसैले रोक्दैन, तर कुडिया बजार बाट गाई, र भैसी, कहाँ जान्छ, सबै कहाँ पुग्छन् ।” र भारतबाट भैँसी नेपालको कुडिया बजारमा पुगेको
उनले आरोप लगाउँदै थपे कि गाई तस्करी र भैँसी तस्करी का गतिविधिमा बंजरहा प्रहरी,र बिओपी. सशस्त्र प्रहरी अरैईया,र सशस्त्र प्रहरी रामपुर खापका अधिकारीहरूको मिलेमतो हुनसक्ने शंका छ, किनकि तस्करी निरन्तर भइरहेको छ, तर पक्राउ भने शून्य छ ।
यो नाकाबाट तस्करी गर्नेहरु अमरजित, कपडा, चाईनिज सेव,पिस्ता,कस्मेटिक, चितरन्जन, भैँसी, मियाँ, खान, गाईको तस्करी, आलम,र ,कमलेशले गरेको छन् , यो समुहले गाई, भैँसीको काम गरिरहेका छन् ।
स्थानीय सुरक्षाकर्मीहरुको मिलोमतो र सहयोगमा यो यो सबै नाकाबाट तस्करी भएको स्थानीयले बताउँछन् ।

बिऔपी, बिओपी, र बिओपी, रामपुरखाप,का सशस्त्र प्रहरी निरीक्षकहरु रहेको छन् ।

सरकार बदलियो, तर राैतहट जिल्लाका सुरक्षाकर्मीहरुको व्यवहार बदलिएन” – स्थानीय किसानहरुको भनाईं ।

रामपुरका स्थानीय किसानहरूले अहिलेको स्थितिलाई “पहिलेभन्दा पनि दयनीय” रहेको बताएका छन् ।
उनीहरूका अनुसार सुरक्षाकर्मीहरुको भूमिका जनताको सेवा होइन, त्रास सिर्जना गर्दै पैसा उठाउने यन्त्र जस्तै देखिन थालेको छ । स्थानीयको माग: छानबिन र पारदर्शिता
स्थानीय बासिन्दा, व्यवसायी र किसान समुदायले सरकार र प्रहरी प्रशासनसँग निम्न माग गरेका छन् ।
रामपुर खाप, मठिया, बंजरहा र औरैयाका सुरक्षाकर्मीहरुको गतिविधिको छानबिन होस् । सुरक्षाकर्मीहरूको कार्यशैली पारदर्शी बनाइयोस् ।
तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालियोस् ।
साना व्यापारी र उपभोक्तामाथिको दमन रोकियोस् ।
सीमा सुरक्षामा कडा निगरानी र प्रष्ट जिम्मेवारी निर्धारण गरियोस् । केही दिन अगाडीमा गाई भैसीहरुको तस्करी नियन्त्रणमा आएका थिए तर अहिले सुरक्षा चुनाैती बढेको स्थानीयहरुको भनाईं रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles