Monday, February 2, 2026

परवानीपुर हत्या काण्ड, मृतककी पत्नी र प्रेमी बारा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतककी पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।

बारा जिल्लाको परवानीपुर गाउँपालिका–एक रहरियाडीमा बुधबार बिहान करिब २ बजेको समयमा धारिलो हतियार प्रहारबाट ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २८ वर्षीय छोरा रामईश्वर मण्डलको हत्या भएको थियो । घटनामा ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका थिए” उनीहरूको उपचार परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भइरहेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या मनिता देवी मण्डलले धर्मेन्द्र महतो धानुकको सहयोगमा भएको बारा प्रहरीले बताउँछन् ” बारा प्रहरीका अनुसार उनले आफ्ना श्रीमान् रामईश्वर मण्डल र सासु सुमित्रादेवीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल नै रहेको प्रहरीको भनाइ रहेको छ।

बारा प्रहरीका अनुसार धर्मेन्द्र महतो धानुक प्रसौनी गाउँपालिका–७, बन्जरियाका निवासी रहेको छन् ” उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत रहेको थिए” र गत माघ ११ गते, काठमाडौँ आइपुगेपछि मनितासँग मिलेर उक्त घटना घटाएको हो ।

मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिइएको छ, र धर्मेन्द्र महतो धानुकलाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. चार मुसहर्वा टोल बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिएका छन् । अभियुक्तहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। प्रेमका कारणले हत्या भएकाले दुई जना प्रेमिका लाई बारा प्रहरीले पक्राउ गरि जिल्ला अदालत बारा बाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles