विश्रामपुरको दिल महमद मदरसालाई जग्गा दान गर्ने दाताहरूलाई सम्मान गरिएको छ ।
बारा जिल्लाका विश्रामपुर गाउँपालिका वडा नं. २ स्थित बरैनिया टोलमा रहेको दिल महमद मदरसालाई निजी जग्गा दान गर्ने दाताहरूलाई सम्मान गरिएको जनाइएको छ।

मदरसामा जग्गा दान गर्ने दाताहरू बाराका फेटा गाउँपालिका वडा नं. ४, निवासी मरहुम दिल मोहम्मद मियाँका जेठा छोरा इब्राहिम आलमले (एक कठ्ठा १४ धुर) जग्गा तथा विश्रामपुर गाउँपालिका वडा नं. २ निवासी जलील मियाँ अन्सारीले (१० धुर) जग्गा मदरसाका लागि दान गर्नुभएका छन् ।
जग्गा दान गरेको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा मदरसा परिवारका सदस्यहरू, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अहमद, वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्य मन्जुर आलम, मनीफ मियाँ, समाजसेवी कृष्ण प्रसाद साहलगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।

जग्गा दान कार्यक्रममा दाताहरूलाई सम्मानपत्र प्रदान गर्दै वक्ताहरूले शिक्षा क्षेत्रको विकासका लागि निजी तवरबाट गरिने यस्ता योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ” उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन शिक्षामा गरिएको लगानी दीर्घकालीन र दूरगामी प्रभाव पार्ने भन्दै दाताहरूको खुलेर प्रशंसा गरेका थिए।

मदरसाको भौतिक पूर्वाधार विस्तार र शैक्षिक वातावरण सुदृढ गर्न जग्गा दानले ठूलो सहयोग पुगेको मदरसा परिवारले जनाएका छन् ।


