नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)दान बहादुर कार्कीले मित्रराष्ट्र माल्दिभ्समा माघ २१ गतेदेखि माघ २७ गतेसम्म हुन गइरहेको काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबलका टोलीलाई शुभकामना सहितको विदाइ गर्नुभएका छन् ।


नेपाल प्रहरी प्रधान कार्यालयमा आज आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गर्नुभएको हो ।
उक्त टोलीमा १४ जना खेलाडी र ४ जना अफिसियल रहेका छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला भलिबल टोली हरुलाई भने नेपाल प्रहरीको मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको गौरव बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिनुभएका छन् ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू प्रहरी उपरीक्षकहरु प्रहरी नायव उपरीक्षक लगायतको उपस्थिति रहेको थियो ।


