Tuesday, May 26, 2026

मकवानपुर प्रहरीद्वारा १७२ किलो गाँजासहितको पिकअप बरामद:-

ताजा / भरखरै प्राप्त

मकवानपुर प्रहरीको ठुलो सफलता” मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित पिकअप गाडी बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले १७२ किलो ६ सय ग्राम गाँजा बोकेको गाडी प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको पिकअप नियन्त्रणमा लिएका छन् ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत लोकप्रिय होटलको मोड नजिकबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जनाएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोइन्ट अगाडि नियमित चेकजाँचका क्रममा चौरबाट भौसेतर्फ आउँदै गरेको पिकअप गाडीलाई रोक्न खोज्दा चालकले प्रहरी देख्नेबित्तिकै गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ ।गाडीको खानतलासी गर्दा भित्र लुकाइराखिएको अवस्थामा १७२ किलो ६ सय ग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको हो । फरार चालकलाई खोजी तीव्र बनाइएको र बरामद गरिएको गाँजा तथा गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको प्रहरी चाैकी भैसेका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles