Tuesday, May 26, 2026

चितवनमा दुर्गा प्रसाईका कार्यकरता र प्रहरीको चौविसकोठीमा भयो धकेला धकेल:-

ताजा / भरखरै प्राप्त

चितवन जिल्लामा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, चितवन प्रहरीद्वार ३ जना पक्राउ ।

चितवनमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकबीच घम्साघम्सी भएको जनाइएको छ ।
आज सोमबार प्रसाईँ कार्यक्रमका लागि चितवनको भरतपुर पुगेका थिए । प्रसाईँको समूहले भरतपुरको साझा बसपार्कबाट चौबिसकोठीसम्म पुग्ने भन्दै प्रशासनसँग अनुमति लिएको थियो । शान्तिपूर्ण रुपमा र्‍याली गर्ने भनिए पनि सडकमै सभा गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेपछि प्रसाईंका समर्थकसंग घम्साघम्सी भएको बताइएको छ ।
सो क्रममा तीन जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।


त्यहाँ सयौँको संख्यामा प्रसाईँका समर्थकहरु निस्किएका थिए । उनीहरुले शान्तिपूर्ण र्‍यालीका लागि अनुमति लिए पनि सर्वसाधारणलाई असर गर्नेगरी बाटो नै छेक्न थालेपछि प्रहरीले हटाउन खोज्दा दुर्गा प्रसाईका कार्यकरता र प्रहरी बीच धकेलाधकेलको अवस्था सिर्जना भएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles