आज, देखि मधेस प्रदेशको जिल्ला सर्लाहीमा नेपाली सेना परिचालन भईसकेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनाले सर्लाहीका पनि विभिन्न स्थानमा गस्ती सूरु गरेको छ ।

बुधबार बिहानैदेखि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा गस्ती टोली परिचालन भइसकेको छ ।


क्षेत्र न. १ मा पाँचकुमारी गणबाट
क्षेत्र न. २ मा मलंगवास्थित सुरक्षा बेस
क्षेत्र न. ३ मा बागमतीस्थित सुरक्षा बेसबाट
क्षेत्र न. ४ का लागि धनकौलमा सेनानी (मेजर) को कमाण्डमा अस्थायी सुरक्षाबेस स्थापना गरिएको छ ।


