Thursday, February 26, 2026

भोलि बिदाइ हुने सशस्त्रका एसपी बैठकमा ढले,आवस्ता जटिल:-

ताजा / भरखरै प्राप्त

मोरङबाट मकवानपुर सरुवा भएका भोलि बिदाइ हुने सशस्त्र प्रहरी उपरीक्षक एसपी सुरक्षा स्तरिय भैठकमा ढलेका छन् ।

नेपाल भारत सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचानक अचेत भएर ढलेका छन् । मोरङको विराटचोकमा आज शुक्रबार दिउँसो नेपाल भारत सशस्त्र प्रहरी नायक महानिरीक्षक डिआईजी,स्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक ढलेको सशस्त्र प्रहरीले बताउँछन् । निर्वाचन सुरक्षालाई मध्यनजर गरेर बैठक आयोजना गरिएको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्‍याइएको थियो । उच्च रक्तचापका कारण ढलेका उनको जिब्रो काटिएको थियो ।

घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको सशस्त्र प्रहरीले जनाइएको छ ।
उनको अवस्था ‘क्रिटिकल’ रहेको अस्पताल स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले दिउँसो बैठक चलिरहेका बेला घिमिरे ढलेपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।
‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो,’ डिआइजी न्यौपानेले भने, ‘अवस्था अलि गम्भीर रहेको जानकारी दिएका छन् । एसपी घिमिरेको मोरङबाट मकवानपुरस्थित नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भएको थियो । मोरङबाट उनी भोलि बिदा भएर जाने तयारीमा रहेको सशस्त्र प्रहरी मोरङले जनाएको छ ’।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles