तालिमरत रहेका निर्वाचन प्रहरीहरुलाई मधेश प्रदेशका प्रहरी प्रमुख गोविन्द थपलियाले निरीक्षण तथा निर्वाचन सम्बन्धि ब्रिफिङ गरेका छन् ।

पर्सा जिल्लाका बिरगञजमा आज, २३ गते, बिहान मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले तालिमरत निर्वाचन प्रहरीहरूको निरीक्षण तथा ब्रिफिङ गरेको हो ।

डीआईजी थपलियाले तालिम शिक्षण सिकाइ, निर्वाचन आचारसंहिता पालना, तथा आसन्न निर्वाचनमा चुस्त–दुरुस्त प्रहरी परिचालनबारे महत्वपूर्ण निर्देशन दिनुभएका छन् ।

पर्सा जिल्लाका मातहतमा रहेका नेपाल प्रहरी अधिकारीहरूलाई अनुशासन, समन्वय र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न र गराउने सुझाव पनि दिनुभएका छन् । उक्त
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा वीरगञ्जका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइराला, पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेत लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको जनाइएको छ ।


