Thursday, February 26, 2026

बैठक चलिरहदा सशस्त्र प्रहरी उपरीक्षक बेहाेस,उपचारको क्रममा निधन:-

ताजा / भरखरै प्राप्त

मोरङको विराटचोकमा शुक्रबार दिउँसो सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका थिए उनको उपचारको क्रममा निधन भएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्‍याइएको थियो । उच्च रक्तचापका कारण उन ढलेका थिए” उनकाे जिब्रो पनि काटिएकाे थियाे । घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएकाे थियो ।

सीमा सुरक्षाको बैठकमा बेहोस भएर ढलेका सशस्त्रप्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) घिमिरेको निधन भएको छ । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका (एसपी) राजेश घिमिरेको निधन भएको सशस्त्र प्रहरीले बताउँछन् ।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका क्रममा विराट मेडिकल कलेजमा आज,राति ८ बजेर ५५ मिनेटमा एसपीको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles