मोहम्मद इस्तखार पर्सा जिल्ला क्षेत्र नं ३ मा सक्रिय घरदैलोमा, युवाहरु उत्साह बन्दै गरेको देखिन्छ ।
पर्सा जिल्ला क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इस्तखारले चुनावी अभियानलाई तीव्र बनाउदै गरेको देखिन्छ ।

आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ छापबाट प्रतिस्पर्धामा उत्रिएका छन् २६ वर्षीय युवा उम्मेदवार इस्तखार आलमले अहिले गाउँ-गाउँ पुगेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन्।
पर्सा तीन नम्बर क्षेत्रको विभिन्न गाउँ टोल र गाउँपालिका वडा वडाहरुमा पोखरिया बजारमा घरदैलो कार्यक्रम गर्दै स्थानीय मतदातासँग प्रत्यक्षरुपमा भेटघाट गर्दैगरेको समाजिक संजालमा देखिन्छ । अभियानका क्रममा इस्तखारले युवाका समस्या, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासका विषयमा मतदाताहरु संग कुराकानी र वाचा गरेको पनि सुनिन्छ ।
स्थानीयवासीसँगको संवादमा उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसदमा युवाको सशक्त आवाज आवश्यक रहेको पनि बताउँछन् ।“अब नेतृत्व पुस्तान्तरणको समय आएको छ, राजनीति जनतासँग जोडिनुपर्छ,” उनको भनाइ रहेको छ ।

घरदैलो कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता पनि देखिन्छ ।
उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेही नेतृत्वको अपेक्षा गर्दै इस्तखारको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिदै छन् ।

जेनजी पुस्ताबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा मोहम्मद इस्तखारको सक्रियता र घरदैलो अभियानले पर्सा क्षेत्र नम्बर ३ मा चुनावी माहोल थप चर्किंदै गएको पनि देखिन्छ।


