सुरक्षाकर्मीहरु माथि तस्करहरुको आक्रमण, ३ जना सुरक्षाकर्मी घाइते ।
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक अवैध गोदाम मदन गुप्ता उर्फ ‘मदन रुन्चेको गोदामा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आज सोमबार बिहान छापा मारेको थियो।
छापाका क्रममा तस्कर समूहले आक्रमण गरेपछि झडप भएको बताइएको छ। आक्रमणमा सशस्त्र प्रहरी सहायक निरीक्षकसहित ३ जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
सो गोदामबाट अवैध रूपमा भण्डारण गरिएको करिब ७ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
तस्करहरूको पर्सामा आतंक, सशस्त्र प्रहरीमाथि आक्रमण सशस्त्रका गाडी चालकसहित चार जना सशस्त्र प्रहरी घाते,
सुरक्षा कर्मी नै असुरक्षित हुँदा जनताको सुरक्षा कसले गर्छ ?
पर्साका बिरगञज महानगरको मुख्य व्यापारिक केन्द्र आदर्शनगर स्थित एक गोदाममा सशस्त्र प्रहरी पर्साका टोली र बिरगंज भन्साका संयुक्त टोलीले छापामारी गर्ने क्रममा आक्रोशित व्यापारी र तस्कर समुहले मिलेर सशस्त्र प्रहरी पर्साका गाडी तोडफोड गर्नुका साथ साथै, सशस्त्र प्रहरी सहायक निरीक्षकसहित ४ जना सशस्त्र प्रहरी घाईते भएको छन् ।
भन्सार छलि गरी अवैध सामान भित्र्याउन खवर सशस्त्र प्रहरीले सुचना पाएपछि, सशस्त्र प्रहरी बिरगंजको टोलीले छापा हाने तस्करहरुले गाडीमा तोडफोड गरेको बिरगंजका स्थानीयले बताउँछन् । वीरगञ्जमा सशस्त्र प्रहरी बल नेपालमाथि खुलेआम आक्रमण गर्नु सामान्य आपराधिक घटना मात्र होइन, राज्यको सुरक्षा संयन्त्र र राजनीतिक इच्छाशक्तिमाथि गम्भीर चुनौती हो।
सीमा सुरक्षा, तस्करी नियन्त्रण र राष्ट्रिय हितको पहरेदारी गर्ने जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपालमाथि छापामारीकै क्रममा भएको आक्रमणले एउटा कडा प्रश्न खडा गरेको छ—
के तस्करहरू यति बेखौफ भएका छन् कि अब उनीहरू राज्यको वर्दीमाथि नै प्रहार गर्न थालेका छन् ?
वीरगञ्ज महानगरपालिका–आदर्शनगर क्षेत्रमा भएको घटनाले देखाउँछ कि तस्करी केवल सीमित अपराध होइन, यसको जरा राजनीतिक संरक्षण, आर्थिक स्वार्थ र प्रशासनिक कमजोरीसँग गाँसिएको छ। यदि तस्करहरू निडर भएर सुरक्षाकर्मीमाथि हमला गर्छन् भने त्यसको अर्थ उनीहरूलाई कुनै न कुनै तहबाट संरक्षण मिलिरहेको छ भन्ने आशंका स्वाभाविक रूपमा उठ्छ।
घटनापछि केही समय क्षेत्र तनावग्रस्त बन्नु, तर दोषीमाथि तत्काल कडा कारबाही नदेखिनु, राज्यको उपस्थितिमाथि नै प्रश्न खडा गर्छ।
आज सशस्त्र प्रहरी असुरक्षित छ भने, भोलि आम नागरिकको अवस्था के हुनेछ ?
सुरक्षा निकायमाथि आक्रमण हुनु भनेको कानूनको शासनमाथि सीधा हमला हो। यसलाई सामान्य झडप भन्दै टार्न खोज्नु, वा राजनीतिक दबाबमा घटनालाई कमजोर बनाउनु, राज्यलाई क्रमशः अपराधीको बन्धक बनाउने खतरनाक संकेत हो।
अब प्रश्न स्पष्ट छ— तस्कर समातिन्छन् कि संरक्षण पाउँछन् ?
सशस्त्र प्रहरीको मनोबल बढ्छ कि राज्यकै लापरवाहीले थप कमजोर बन्छ ? राज्यले यो घटनालाई कडाइका साथ नलिने हो भने, यसले सीमामा मात्र होइन, समग्र राष्ट्रिय सुरक्षामै गम्भीर असर पार्ने निश्चित छ।


