पर्सा जिल्लाका बिरगंज महानगरपालिका आदर्शनगरका घट्नामा एक सानो तस्करको समूहसंग सशस्त्र प्रहरी कमजोर देखिनुको कारण के होला?

पर्सा जिल्लाका सशस्त्रका घुमुवासहित कुटपिटबाट ४ जना घाईते भएका छन् ।

श्री दुर्गा रोड कैरियर बिरगंज पर्साका गोदाममा सशस्त्र प्रहरी पर्साका छापामारीमा ४ जना सुरक्षाकर्मी आस्पतालमा फर्ना भएका छन् ।

पर्सा जिल्लाका बिरगंजस्थित एक ट्रान्सपोर्ट कम्पनीमा सशस्त्र प्रहरी बलले छापा हान्दा त्यहाँ रहेका स्थानीय र तस्कर समूह प्रहरीमाथि नै जाइलागे”स्थिति यति तनावपूर्ण बन्यो को थियो कि प्रहरीहरू ज्यान जोगाउँदै भाग्न बाध्य भएका थिए”
यो घटनाले गम्भीर प्रश्न उठाएको बुझ्नुपर्छ,
के नेपालमा साँच्चिकै सुशासन छ ?
कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुँदा आम नागरिकको अवस्था के होला ?
देश झन्–झन् नाजुक अवस्थातर्फ धकेलिँदै गएको स्पष्ट छ,
यो घटनाले देखिन्छ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक अवैध गोदाम मदन गुप्ता उर्फ ‘मदन रुन्चेको गोदामा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आज सोमबार बिहान छापा मारेको थियो।

छापाका क्रममा तस्कर समूहले आक्रमण गरेपछि झडप भएको बताइएको छ। आक्रमणमा सशस्त्र प्रहरी सहायक निरीक्षकसहित ३ जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
सो गोदामबाट अवैध रूपमा भण्डारण गरिएको करिब ७ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित रुन्चे मदनको गोदाममा छापा मार्न गएको बिरगञज भन्सारको टोली र सशस्त्र प्रहरी बल नेपाल का संयुक्त टोलीमाथि तस्कर समुहले आक्रमण गरेको आरोपमा पर्साका प्रहरीले तीन जनालाई पक्राउ गरेको पर्साका प्रहरीले बताउँछन् ।


