राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पर्सा जिल्लाका बिरगंज महानगरपालिकामा जनताले भव्य स्वागत गरिएका छन् ।
बालेनलाई समर्थन एवं हेर्न पुगेका जनताहरुको भिडभाडबाट स्थानीय राजनीतिक माहोल एकाएक तरंगित बनेका छन । उनको आगमन सँगै बजार क्षेत्र उत्साह र जिज्ञासाले भरिएको देखिएको छ ।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पर्सा जिल्लाको बिरगञज पुगेपछि स्थानीय राजनीतिक माहोल तरंगित बनेको देखिएको छ । उनले बिरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर स्थानीय बासीहरुसँग भेटघाट गरेका छन् । बिरगंज बजार क्षेत्रमा ठूलो संख्यामा समर्थक तथा सर्वसाधारण जम्मा हुँदा केही समय ट्राफिक अवरुद्ध पनि भएको थियो भने सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।


