Thursday, February 26, 2026

पर्सा प्रहरीद्वारा हुन्डी कारोबार गर्ने प्रसान्त कुमार गुप्ता पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका विरगंज ।
संगठित रूपमा हुण्डीको कारोबार सञ्चालन गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पर्सा जिल्लाका वीरगन्ज महानगरपालिका–१ का ३२ वर्षीय प्रशान्त कुमार गुप्ता पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार अभियुक्तले भारतको रक्सौलबाट हुण्डीमार्फत अवैध रकम नेपाल भित्र्याउने र त्यसलाई विभिन्न माध्यमबाट वैध बनाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको जनाएको छन् ।
पर्सा प्रहरी अनुसार अनुसार, गुप्ताले अवैध रूपमा भित्र्याएको रकमलाई बैंकिङ प्रणालीमा प्रवेश गराउँदै विभिन्न बैंक खातामा जम्मा गर्ने गरेका थिए। उनले सो रकमको स्रोत लुकाउन र सम्पत्ति शुद्धीकरण गर्नका लागि चेक तथा फोनपे जस्ता माध्यम प्रयोग गरी अन्य व्यक्तिहरूको खातामा रकम स्थानान्तरण गर्दै ‘लेयरिङ’ गर्ने गरेको पाइएको छ। यस प्रकरणमा कुल २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय ७८ रुपैयाँ बिगो कायम गरिएको छ भने पक्राउ परेका गुप्ताविरुद्ध मात्र १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८ सय १ रुपैयाँको बिगो दाबी गरिएको छ।
गत २०८२ साल पुस १७ गते पक्राउ परेका गुप्ताको साथबाट प्रहरीले ३३ लाख ५९ हजार २ सय ५५ रुपैयाँ नगद समेत बरामद गरेको थियो। प्रहरीले अनुसन्धान पूरा गरी अदालतमा पेश गरेपछि, जिल्ला अदालत पर्साले आज माघ २८ गतेको आदेशमार्फत गुप्तालाई पुर्पक्षका लागि जेल चलान गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles