Thursday, February 26, 2026

राैतहट प्रहरीद्वारा नक्कली रुपैयाँसहित दिनेश पटेल र विवेक प्रसाद यादव पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्ला को वृन्दावन–२ बिश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्ने क्रममा नक्कली १ हजार दरका नोट प्रयोग गर्न खोज्दा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प’क्राउ पर्नेमा रौतहट जिल्ला वृन्दावन नगरपालिका २ बिश्रामपुर बस्ने २९ वर्षिय दिनेश पटेल र सर्लाही जिल्ला बरहथवा नगरपालिका १ बरहथवा बस्ने २० वर्षिय विवेक प्रसाद यादव रहेका छन्। प्रहरी चौकी बिश्रामपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट १ हजार दरका १४ थान नक्कली नोट बरामद गरी आवश्यक अनुसन्धान अगाडि बढाएको राैतहट प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles