Thursday, February 26, 2026

सशस्त्र प्रहरी सुनसरीद्वारा लागुऔषध पेस्तोलसहित राम पासवान पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुनसरी जिल्लाको सीमा क्षेत्रबाट पेस्तोल, ३ राउन्ड गोली र लागुऔषधसहित भारतीय नागरिक सशस्त्र प्रहरी सुनसरीले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।



‎‎सशस्त्र प्रहरी बल नेपाल बिओपी. श्रीपुर को टोलीले सुनसरीको सीमावर्ती क्षेत्रबाट पेस्तोल, गोली र लागुऔषधसहित भारतीय नागरिक पासवानलाई नियन्त्रणमा लिएको छ।


‎सुनसरी जिल्लाको कोशी गाउँपालिका–३ जमुवामा चेक जाँच गर्ने क्रममा सशस्त्र प्रहरीद्वारा पक्राउ परेका भारतको अररिया निवासी ३६ वर्षीय राम खेलन पासवान रहेका छन् । सशस्त्र प्रहरीलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट पेस्तोल, ३ राउन्ड गोली र ब्राउन सुगरसहितका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ ।
‎सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरी का अनुसार विशेष सूचनाको आधारमा सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाइएको थियो, सोही क्रममा हतियारसहितको पासव पक्राउ गरेको हो।


‎नम्बर ४ गण सुनसरीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार कार्कीले बराह बाहिनी पकली का डीआईजी मनिष थापाको निर्देशन बमोजिम सीमामा कडाइ र चेकजाँच तीव्र पारिएको जानकारी दिएका छन् ।
उनका अनुसार आसन्न निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा सुरक्षा सतर्कता अझ सुदृढ गरिएको जनाएका छन् ।
‎पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी सुनसरीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी सुनसरीका एसपीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles