Thursday, February 26, 2026

सर्लाहीमा सब इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार यादवको मृत्यु:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाको पुर्वाधार कार्यालयको सब इन्जिनियर प्रमोद यादवमाथि गाेलि प्रहार भएको छ , सर्लाहीको पुर्वाधार कार्यालयको सब इन्जिनियर प्रमोद यादव माथि गाेलि प्रहार , बताइएको छ, गोली लागेर घाईते भएका यादवलाई प्रादेशिक अस्पताल सर्लाहीको मलगंवाले मृत घोषणा गरेको छ ।

गोली चलेको आवाज सुनेपछि स्थानीय बासिन्दा आत्तिएका थिए” प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि एक्कासी गोली चलाएर फरार भएका थिए। घटनास्थल वरिपरि केही समय अफरातफरी मच्चिएको थियो।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाही को टोली घटनास्थल पुगेको थियो। प्रहरी प्रवक्ता डीएसपी सरोज राईले घटनास्थलको मुचुल्का उठाइसकिएको र अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन् ।उनका अनुसार, “प्रारम्भिक अनुसन्धानले योजनाबद्ध आक्रमण भएको संकेत गरेको छ। संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी छ, तर खोजतलास कार्य तीव्र पारिएको छ।”

योजनाबद्ध हत्या कि व्यक्तिगत रिसइबी?

प्रारम्भिक अनुसन्धानबाट यो घटना सामान्य झै–झगडाको परिणाम नभई योजनाबद्ध आक्रमण हुन सक्ने अनुमान गरिएको छ। प्रमोद यादव पूर्वाधार विकास कार्यालयमा कार्यरत सक्रिय प्राविधिक कर्मचारी थिए।
निर्माण तथा विकास योजनासँग सम्बन्धित काममा संलग्न रहेकाले कुनै ठेक्का, आर्थिक विवाद वा व्यक्तिगत रिसइबीको कोणबाट पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।स्थानीयवासीहरूका अनुसार यादव मिलनसार र कामप्रति प्रतिबद्ध कर्मचारीका रूपमा चिनिन्थे। उनीमाथि यसअघि कुनै सार्वजनिक विवादको जानकारी बाहिर आएको थिएन। त्यसैले उनको हत्या रहस्यमय बनेको छ।

परिवार शोकमा, कार्यालय स्तब्ध

यादवको मृत्युको खबरले परिवार र आफन्त शोकमा डुबेका छन्। घरपरिवारमा रुवाबासी मच्चिएको छ भने मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा पनि शोकको वातावरण छाएको छ। सहकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
कार्यालयका एक कर्मचारीले भने, “हामी सबै स्तब्ध छौं । यस्तो घटना कार्यालयसँग सम्बन्धित कारणले भएको हो कि होइन भन्ने स्पष्ट हुनुपर्छ। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ।”

सुरक्षा व्यवस्थामाथि प्रश्न

सदरमुकाम क्षेत्रमै साँझको समयमा खुलेआम गोली प्रहार भई सरकारी कर्मचारीको हत्या हुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। स्थनीयवासीले प्रहरी गस्ती कमजोर भएको गुनासो गरेका छन्। घटनापछि मलंगवा क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ। प्रमुख चोक तथा संवेदनशील स्थानमा कडाइ गरिएको प्रहरीले जनाएको छ।विशेष गरी मधेस प्रदेशका केही जिल्लामा पछिल्ला समय अपराधका घटना बढ्दै गएको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ। सर्लाहीमा यसअघि पनि आपराधिक गतिविधि र अवैध हतियार प्रयोगका घटना हुँदै आएका थिए।
घटनाप्रति विभिन्न राजनीतिक दल र नागरिक अगुवाहरूले दुःख व्यक्त गरेका छन्। उनीहरूले हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।स्थानीय तहका जनप्रतिनिधिहरूले शान्ति सुरक्षामा थप सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles