जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित राजवंशी प्रहरीद्वारा पक्राउ परेका छन् ।
कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राजवंशीलाई पक्राउ गरि आज ४ गते सार्वजनिक गरेको हो ।


