पैदलयात्रीलाई मुक्काहान्ने कार चालकलाई खोज्दै छन्” सुरक्षाकर्मीहरु, पैदल यात्रीलाई बीच सडकमै मुक्कामुक्की गरि कुटपिट गरेका थिए समाजिक संजालमा भिडियो जोकोहीले हेर्न सकिन्छ ।

बीच सडकमा वृद्धमाथि मुक्का वर्षाउनेको गाडी नम्बर
बा ३ घ ११०३ कारबाट झरेर एक जना पुरुषको कुटपिट, महिलाए साथीसहित गालीगलौज — भाइरल भिडिओपछि प्रहरी सक्रिय भएको हो ।

राजधानीको व्यस्त सडकमा हिँडिरहेका एक वृद्धमाथि कार चालकले निर्घातरुपमा कुटपिट गरेको घटना सार्वजनिक भएपछि चौतर्फी आक्रोश फैलिएको छ । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको भिडिओमा बीच सडकमा कार रोकेर एक अधवैशे पुरुष गाडीबाट झरेर वृद्धलाई मुक्का प्रहार गरिरहेको देखिन्छ। घटनाको समय र स्थान अझै खुल्न नसकेको भए पनि भिडिओले आम नागरिकलाई स्तब्ध बनाएको देखिन्छ ।
भिडिओमा देखिएअनुसार बा ३ घ ११०३ नम्बरको कारबाट झरेका ती पुरुषले सडक पार गरिरहेका एक वृद्धमाथि एक्कासि आक्रमण गरेका छन्।


